२०८३, ११ कार्तिक मंगलवार
×

गोकर्णेश्वर युवा उपकार क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्नः बम्जन र कार्कीले उचाल्यो युवा उपकार क्लबको उपाधि

3734 Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ४ स्थित “गोकर्णेश्वर युवा उपकार क्लब”को ३० औ बार्षिक उत्सबको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

आजको फाइनल खेलमा “रबिन बम्जन र किरण कार्की”को टिमले “बालकृष्ण श्रेष्ठ र सरोज बुढाथोकी” को टिमलाई २१-१७ र २१-१६ हराई उपाधी हात पर्न सफल भएको थियो। ।  दितीय हुने टिमले सेमिफाइनलमा “राजु कर्माचार्य र रामहरी श्रेष्ठ” को जोडीलाई २१-९ र २१-१२ हराई फाइनल पुगेको थियो । प्रथम र दितीय हुने टिमले सिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार रु ७००० र रु ४००० पाएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए। बिशेष अतिथिमा  श्री गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार गोबिन्द  बहादुर श्रेष्ठ, क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वडा सदस्य जयराम महत्  लगायत खेलाडी र खेल प्रेमीदर्शकहरुको उपस्थिती रहेको थियो कार्यक्रमको अध्यक्षता प्रतियोगीताका  संयोजक कृष्ण प्रसाद श्रेष्ठ (अनिल)ले गरेका थिए । बिजेता तथा उपविजेता  खेलाडीहरुलाई प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । साथै सभापतिमा अध्यक्ष प्रेमकुमार श्रेष्ठ रहेका थिए ।

गोकर्णेश्वर युवा उपकार क्लबले  बिभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएको छ ।क्लबको स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताको साथै सामाजिक कार्य गर्दै मनाउन लागेको क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।

संस्थापक अध्यक्ष मंगल दास श्रेष्ठको न्यू योर्क , अमेरीकाबाट जस्ताको तस्तै शुभकामना : 

कार्यक्रममा क्लब ३० औं वर्षमा प्रवेश गरेको अवसरमा क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठ ले केक समेत काटेका थिए ।

प्रतिक्रिया