काठमाडौं । नेकपा केन्द्रिय सदस्य एबं प्रतिनिधि सभा सदस्य कृष्ण राई ले काठमाडौँ क्षेत्र ३ गोकर्णेश्वर नगरपालिका ९ मा नव निर्मित शंखडोल डोजो हलको उत्घाटन गरेका छन् । प्रमुख अतिथि समेत रहेका संसद राईले डोजोले राष्ट्रिय एबम अन्तराष्ट्रिय खेलाडी उत्पादनमा थप सहयोग पुग्ने दाबी गरेका छन् ।


उद्घाटन कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य समेत रहेका सांसद कृष्ण राईले खेल क्षेत्रको विकासले सामाजिक, आर्थिक पक्षमा सहयोग पुग्ने बताए । खेलले अनुशासनको पाठ सिकाउने र युवा वर्गलाई सामाजिक उत्तरदायित्वबोध गराउन मद्दत गर्ने पनि उल्लेख गरे । सांसद राईले खेलले समाज र राष्ट्रलाई नै पहिचान गराउने भएकाले व्यवसायिक खेललाई प्रोत्साहन दिन सरकारले लगानी गरेको बताए ।
गोकर्णेश्वर नगरपालिका वडा ९ स्थित उक्त डोजो हल भगवती युवा क्लवको संरक्षणमा रहनेछ । उत्घाटन समारोहका सभापति भगवती युवा क्लवका अध्यक्ष शिव राम कारंजित रहेका थिए। कार्यक्रममा प्रदेश सांसद रामेश्वर फुयाँल, छिरिङ दोर्जे लामा र नगर मेयर चालिसेले आफ्नो धारणा राख्दै डोजो हलले नगरभरिका युवा तथा खेलप्रमीहरुलाई सहज पुग्ने बताए ।
