२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

क्रिकेट रंगशालामा डोजर चलाउने कडेँल पार्टी सदस्यबाट निलम्बन

1073 Shares
Spread the love

चितवन – चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको छ। नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिएका छन्। अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ।

प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरेको छ। बुधबार कडेँलको नेतृत्वमा गएको समूहले डोजर लगाएर बार भत्काएको थियो

नेकपाले घटनामा संग्लन्नलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन वक्तब्यमार्फत माग गरेको छ। गत स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्नेमध्ये कडेँल पनि एक थिए ।

यसैबीच रङ्गशाला निर्माणस्थलमा काम गर्ने वातावरण सिर्जना नभईन्जेल निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आयोजना सुरु भएदेखिनै विभिन्न अनुचित माग राखि कर्मचारीलाई धम्क्याउँदै आएको भएपनि बेवास्था गर्दै आएको तर बारसमेत भत्काएर निर्माणमा अवरोध सिर्जनामा भएकाले सुरक्षाको प्रत्याभूति नहुन्जेल काम बन्द हुने कट्टेल जानकारी दिए।

प्रतिक्रिया