२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

यस्ता छन् मधुमेहका सुरुवाती १० लक्षण (भिडियो)

7397 Shares
Spread the love

मधुमेह अर्थात डाइबेटिजलाई  सामान्य भाषामा चिनीको रोग भन्ने गरिन्छ। रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो।
जब प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा शरीरले इन्सुलिनलाई प्रभावकारी रुपमा प्रयोग गर्न सक्दैन तव हाम्रो शरीरमा मधुमेह सुरुवाती लक्षणहरू देखिन थाल्छन्।

जीवन यापनमा आइरहेको परिवर्तन, विलासी जीवनशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन्।

विश्वमा करीब २२ करोड  मानिस मधुमेहबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो सङ्ख्या दोब्बर हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करिब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करिब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ।

आज हामी तपाईंलाई मधुमेहको सुरुवाती १० लक्षणहरूको बारे जानकारी दिँदै छौ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

https://youtu.be/h0hhkEfvHWs

प्रतिक्रिया