२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

३ बर्षसम्म बैंक खाता नचलाए खाता निस्क्रिय हुने

2744 Shares
Spread the love

काठमाडौं– तीन वर्षसम्म नचलाएको बचत खाता स्वत्तः निस्क्रिय हुने भएको छ । नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रीय बैंकले भनेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार देशभर चालू आर्थिक वर्षको ६ महिनासम्म २ करोड २० लाख बचत खाता खोलिएका छन् ।

यसमा साढे ४४ लाख बचत खाता निस्क्रिय छन् । निस्क्रिय भएका चल्ती र कल खाता निवेदन दिएर सक्रिय गराउन भने पाइनेछ

प्रतिक्रिया