3335
Shares

काठमाडौँ । ढाड दुख्ने समस्या युवा देखि वृद्ध समेतलाई हुने गर्छ । कामको प्रकार, जीवनशैली, खानपिन आदिको कारणले ढाड सम्बन्धी समस्या आउने गर्छ । ढाडको दुखाईलाई समयमै घरेलु उपचारको प्रयोग गरेमा निको हुन सक्छ ।
घरेलु उपचार विधिले कुनै साइडइफेक्ट गर्दैन । त्यस्तै, घरेलु उपचार विधि सस्तो, सुलभ हुनुका साथै दीर्घकालिक हुन्छ । घरेलु उपचार विधिले अरु औषधीको तुलनामा ढिलो काम गरेपनि प्रभावकारी र शरीरलाई कुनै हानी नगरी उपचार गर्छ ।
लसुनको रस, कागतीको रस र पानी मिलाउनुहोस् । यो मिश्रणलाई दिनको दुई पटक नियमित पिउने गर्नुहोस् । त्यस्तै अदुवाको रसमा घ्यू मिसाएर नियमित खानुहोस् । अदुवाको धुलोमा पानी मिलाउनुहोस् । त्यसलाई लेप जस्तो बनाउनुहोस् । त्यो लेपलाई दुखेको कम्मरको भागमा लगाउनुहोस् । यो विधि नियमित रुपमा गर्नुपर्छ ।