1466
Shares
काठमाडौँ– लगानी प्रवद्र्धनका लागि चैतको दोस्रो साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ ।
सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत पाँचसय जनाभन्दा बढी विशिष्ट व्यक्तित्व आउने निश्चित भएको लगानी बोर्डले जानकारी दिएको छ ।
विश्व बैङ्कका उपाध्यक्ष हार्टविङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायत मुख्य वक्ताका रुपमा सम्मेलनमा सहभागी रहने छन् ।
चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा दुईसय स्वदेशी र ३२८ विदेशी संस्थाले सहभागिता जनाउने निश्चित भइसकेको बोर्डले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका सम्भाव्य आयोजनाहरूको विस्तृत विवरण देखाउने तयारी बोर्डको छ ।