२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

डेल्टा म्यानपावरका सञ्चालक केसी पक्राउ

2253 Shares
Spread the love

काठमाडौं– डेल्टा म्यानपावरका सञ्चालक राजन केसीले आफूहरुलाई ठगेको भन्दै केही युवाहरुले उनलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभाग बुझाएका छन् ।

तुर्किमिनिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ६० जनासँग पैसा असुलेको तर नपठाएको भन्दै उनीहरुले सञ्चालक केसीलाई नियन्त्रणमा गरी विभागमा बुझाएका हुन् ।

सञ्चालक केसीले तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएको उनीहरुको आरोप छ ।

आफूहरु पीडित भएको बताउने ती युवाहरुले उनलाई बानेश्वरस्थिति म्यानपावरबाटै नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि विभागमा बझाएका थिए ।

ती युवाहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धानका लागि केसीलाई बानेश्वर प्रहरी विटमा पठाइएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया