शनिवार, २०८३ मंसिर ५
EN
मेनु

मंगलबार कति तोकियो सुनचाँदीको भाउ ?

biznessviews Uncategorize Nov 17, 2026 05:12 AM मूल स्रोत वेबसाइट
मंगलबार कति तोकियो सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको हो । यसअघि सोमबार पनि सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार मंगलबार सुनको भाउ २ लाख ६७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार २ लाख ७० हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, म)गलबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ८० रुपैयाँ घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतार चढावका आधारमा नेपाली बजारमा हस्ताको ६ दिन (आइतबार(शुक्रबार) सुन चाँदीको मूल्य निर्धारण हुँदै आएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ३८७४.२४ प्रतिऔंस डलर तथा चाँदी ४७.५४ प्रतिऔँस डलरमा कारोबार भएके छ ।

स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्