नेपाल हाइड्रो डेभलपरको १०.५३% लाभांश घोषणा
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २९ गते अपराह्न ५ बजे बसेको सञ्चालक समितिको १००औं बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार शेयरधनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश पाउनेछन् । यसरी कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको २०औँ वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ । दुवै प्रक्रिया पूरा भएपछि मात्र शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
सूचना (Source Notice)
यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्