आइतवार, २०८३ मंसिर ६
EN
मेनु

संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूकाे माग

biznessviews Uncategorize Nov 02, 2026 09:39 AM मूल स्रोत वेबसाइट
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूकाे माग

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् बैठक आवश्यक भएको निष्कर्ष निकालेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देनले बताए ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी थिए ।

त्यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल,जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओली सहभागी थिए ।

स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्