तीन जिल्लाका विपद् प्रभावितलाई करिब १७ लाख नगद राहत वितरण
म्याग्दी । म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब १७ लाख राहत सहयोग गरिएको छ ।
पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।
म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए । मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार उपलब्ध गराएका छन् ।
त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही १० हजारका दरलेरु। एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा दुई लाख ५० हजार सहयोग गरिएको छ ।
म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा २५ हजारका दरले सहयोग गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि दुई लाख, काफलडाँडाका लागि दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि ६४ हजार ३७५ सहयोग हस्तान्तरण गरिएको छ ।
पर्वतका मिर्गौला पीडितलाई एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम संकलन गरेको जनाएको छ ।
The post तीन जिल्लाका विपद् प्रभावितलाई करिब १७ लाख नगद राहत वितरण appeared first on khabarbindu.
सूचना (Source Notice)
यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्