आइतवार, २०८३ मंसिर ६
EN
मेनु

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

khabarbindu Uncategorize Nov 02, 2026 01:41 PM मूल स्रोत वेबसाइट
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

रौतहट । प्रहरीले स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका ७ स्थित बङ्कुल-नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना दासलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको टोलीले सुरक्षा जाँचका क्रममा सीमा नजिक रहेको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेको दासको मोटरसाइकलको सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

नियन्त्रणमा लिएको व्यक्ति, बरामद गरिएको रकम तथा सवारीसाधनका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्