सरकारको नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्य योजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फछ्र्योट तथा न्यूनीकरणका लागि कार्य योजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ ।
त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
The post सरकारको नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन appeared first on khabarbindu.
सूचना (Source Notice)
यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्