आइतवार, २०८३ मंसिर ६
EN
मेनु

बंगलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

khabarbindu Uncategorize Nov 02, 2026 01:50 PM मूल स्रोत वेबसाइट
बंगलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

काठमाडौं । न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्याउन माग गर्दै बंगलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ ।

सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् । ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन ।

कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चा पदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् ।

सरकारले आन्दोलनलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयाससँग जोडेको छ । गृहमन्त्री सलाहुद्दीन अहमदले सीमापारबाट आन्दोलन उक्साइएको आरोप लगाएका छन् ।

बंगलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने करिब ४० लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत महिला छन् ।

The post बंगलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्