२०८१, २६ मंसिर बुधबार
×

ट्रेन्डिङ

भारु प्रतिबन्धको निर्णयबाट आफै पछि हट्यो सरकार

818 Shares

पुष २६ -नेपाल सरकारले केही दिन अगाडीमात्र भारु ५ सय र २ हजारका नोटमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको यस कदमले नेपालमा मात्र होईन भारतीय संसदमा पनि ठुलै चर्चा भएको थियो । भारतीय पक्ष नेपालको यस्तो निर्णयप्रति असन्तुष्टी पनि जनाएका थिए भने कतिपयले यसलाई नोटबन्दीको बदला लिन नेपालले यस्तो कदम चालेको समेत भन्न भ्याए । यस्तै चर्चा र बिरोधकाबीच सरकार आफुले गरेको निर्णयबाट आफै पछि हटेको छ ।

भारु नोट चलाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) लाई पत्रचार गरेको छ । सो पत्रमा २ सय , ५ सय र २ हजार का नोटहरुलाई पनि बैधानिकता दिन आग्रह गरिएको छ । नेपालमा भारतीय नोट प्रतिबन्धका कारण नेपालमा भारतबाट आउने पर्यटनमा असर पर्ने विश्लेषण भईरहेको बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

भारु प्रतिबन्द भएपछि नेपाल भारत आवत जावत गर्नेहरुमा समस्या बढि देखिएपछि यस्तो आग्रह गरिएको नेपाल राष्ट्र बैंकका वैदेशिक विनिमय विभागका अधिकारीले बताएका छन् । सरकारले १०० माथिका नोट नचलाउन आग्रह गरेपछि बिषेश गरी भारतमा रोजगारीका लागि गएकाहरुमा र पर्यटन व्यवसायमा असर परेको थियो ।

प्रतिक्रिया