लन्डन । बेलायतको कार्डिफ बस्ने चितवनका गायक कुलदीप सापकोटाले पुरानो प्रेमको सम्झना, विछोडको पीडामा डुबेर ‘ लन्डनैको छुक छुके रेलैमा ‘ बोलको गीत सार्वजनिक गरेका छन् ।
लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो नेपालमा छायांकन गरिएको छ।
गीतमा कुलदीप सापकोटाकै शब्द र संगीत रहेको छ, भने समिक्षा अधिकारी र कुलदीप कै स्वर रहेको छ । त्यस्तै उक्त गीतमा सञ्जित भण्डारी र जुना कार्कीको अभिनय रहेको छ , भने पुष्कर सुनवारको एरेन्ज छ।
यो गीतले पुरानो प्रेमको सम्झना, विछोडको पीडा र मनको चस्कालाई मार्मिक ढंगले म्यूजिक भिडियो:प्रस्तुत गरेको छ। विशेषगरी विदेशिएका नेपालीहरूको जीवनसंग जोडिएको भावनालाई यसले सजीव बनाएको छ ।
गीतका शब्दहरूले विगतको प्रेमलाई झस्काउने, अझै मन दुखाउने, र त्यो मायाको स्मृतिलाई जीवन्त राख्ने प्रयास गरेको देखिन्छ।
गीतको प्रमुख आकर्षण भनेकै यसले प्रयोग गरेको सांगीतिक रचना र भाव प्रवण स्वर हो। समिक्षा अधिकारी र कुलदीप सापकोटाको आवाजले गीतलाई थप जीवन्त बनाएको छ।
‘लन्डनैको छुक छुके रेलैमा’ को गीत र संगीतले श्रोताहरूलाई भावुक बनाउँदै प्रेम र विछोडको स्मृतिमा डुब्न बाध्य बनाउँछ।
यो गीतलाई ‘मेलोडी नेपाल’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । जसले दर्शक श्रोतामाझ लोकप्रियता बटुलिरहेको छ। विशेषगरी, विदेशिएका नेपालीहरूका लागि यो गीतले उनीहरूको पीडा र भावनालाई आवाज दिएको महसुस गराउँछ।
म्युजिक भिडियोमा पनि गीतका भावनाहरूलाई राम्रोसँग चित्रण गरिएको छ। कुलदीप सापकोटाको सांगीतिक यात्रा र यस गीतले नेपाली संगीतको क्षेत्रमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।
भविष्यमा कुशल गायक तथा सङ्गीतकार बन्ने दृढ सङ्कल्प उनमा छ । यसअघि उनले केही गीतहरूमा आफ्नो स्वर भरेका थिए ।कुलदीप सापकोटाले दर्शक लाई आफ्नो प्रतिक्रिया सहित हेरी दिन आग्रह गर्दै ‘लन्डनैको छुक छुके रेलैमागीतको म्युजिक भिडियो स्रोता माझ ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।