२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

अबिबाहित बालिकाको पेटमा ७ महिनाको बच्चा, कसले गर्यो करणि ?

2002 Shares
Spread the love

केदार शर्मा, रत्ननगर मंसिर १३ ।
चितवनको राप्ती नगरपालिकामा १८ बर्षिय चेपाङ बालिका बलतकृत भएको घटना ७ महिना पछि बाहिर आएको छ । राप्ती नगरपालिका स्थित वडा नम्बर ४ की बालिका मानसिक रोगी भएका काँरण करणी भएको घटना ७ महिना पछि मात्रै बाहिर आएको हो । पिडीत बालिकाको गर्भमा यति बेला ७ महिनाको भुर्ण हुर्कि रहेको छ । गत मंसिर ४ गते पिडीत बालिकालाई उनकी बहिनीले अस्पताल लगे पछि मात्रै गर्भमा बच्चा हुर्केको चिकित्सकले जानकारी दिएको पिडीतकी बहिनीले बताईन । पिडीत बालिकाको बिगत २ बर्ष देखि मानसिक अबस्था ठीक नभएको पारिबारिक श्रोतले जनाएको छ ।

बालिकाले आँफ्नो मानसिक अबस्था गुमाएपछि बाहिर हिड्ने भएकोले कसैले करणी गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन । बालिका गर्भवती भएको ७ महिना पछि मात्रै थाहा पाएपछि बुधबार मात्रै न्यायको माग गर्दै ईलाका प्रहरी कार्यलय भण्डारा र राप्ती नगरपालिकामा निबेदन दिएको पिडीतकी बहिनीले जानकारी दिईन् । यता ईलाका प्रहरी कार्यलय भण्डाराका प्रहरी निरीष बसन्त आचार्यले घटनाको बिषयमा छानबिन सुरु भएको बताएका छन ।

१ दिने बल्कको घर निर्माण गरेर सामान्य किसिमको घरमा बस्दै आएका पिडति बालिकाको घरको झ्याल ढोका समेत राख्न सकेका छैन्न । बसने घरमा समेत झ्याल ढोका हाल्ने नसकेका चेपाङ परिवारले बालिकाको उपचार गराउन सक्ने अबस्था छैन । केहि समय पहिला पिडीत बालिकाको घरमा पटक पटक सम्म युवाहरुको समुह आएको र ति युवाहरुलाई परिवारले लखेटेको थाहा पाएको स्थानीय गोबिन्द प्रसाद दराईले बताए । पिडीत चेपाङ बालिकालाई आँफुलाई के भयो भन्ने बारेमा समेत थाहा छैन । मानसिक अबस्था ठिक नभएकी बालिकालाई यो बिषयमा जानकारी लिन खोज्दा आँफु बिरामी भएको र अस्पताल जान नपर्ने जबाफ दिने गरेकी छन ।

मानसिक अबस्था ठिक नभएको अबस्थमा रहेकी बालिका जति सुकै बेला पनि घर बाहिर जान सक्ने भएकोले उनलाई पहिले उपचार गरेर मानसिक अबस्था ठिक गराउन आबश्यक रहेको स्थानीय केदार आचार्यले बताए । बालिकाको पेटमा गर्भ हुर्कि रहेको बेलामा बालिका घरबाट कतै जाँदा बच्चा र आमा दुबैको ज्यानलाई खतरा हुने भन्दै दोषिलाई तत्कालै कारबाही गर्न समेत आचार्यले माग गरेका छन । महिला हिंसा बिरुदको १६ दिने अभियान सञ्चालन भईरहेका बेलामा यस्ता घटना बाहिर आउदा अधिकारकर्मि समक्ष थप चुनौती थपिएको छ । अझै पनि ग्रामिण भेगमा कयौ महिला हिंसाका घटनाहरु भित्र भित्रै दबिने गरेका छन ।

प्रतिक्रिया