२०८३, २९ भाद्र सोमबार
×

ट्रेन्डिङ

प्रहरीको गाडीबाटै भागे थुनुवा, प्रहरी नै फन्दामा

1668 Shares
Spread the love

दाङ : सार्वजनिक मुद्दा (नैतिकताविरुद्धको अपराध) अन्तर्गत थुनामा रहेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरमा थुनामा रहेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी भागेका हुन् ।

बुढाथोकीलाई नैतिकताविरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर इप्रका ल्याउँदै गर्दा प्रहरीले प्रयोग गरेको बसबाट हामफालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीले बताए ।

धेरै थुनुवा भएका कारण बस प्रयोग गरेर म्याद थप गर्न लगिएको अवस्थामा अन्तिम सिटमा बसेका बुढाथोकी झयालबाट हामफालेर फरार भएको उनले बताए ।

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा कार्यालयमा कार्यरत प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउगरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको शाहीले जानकारी दिए ।

दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको बताए । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दा खेपी थुनामै रहेका वसन्त केसीलाई पनि प्रहरी सामाजिक न्यायविरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाएको डीएसपी शाही बताए ।

थुनुमा भागेको घटनालाई हामीले गम्भीर रुपमा लिएका छौ , शाहीले भने, म्याद थपमा खटिएको प्रहरी टोलीलाई नै छानविनको दायरामा ल्याउँछौ । शाहीले हतकडी लगाउनु पर्ने अवस्थामा समेत खाली राखिएको, संगै रहेका प्रहरी जवानले भाग्दासमेत चासो नदिएको कमजोरी भेटिएको बताए । म्याद थपको नेतृत्व गर्दे इप्रकाका असई सुनिलजंग शाहको टोली गएको थियो ।  शाहको कमाण्डमा म्याद थपका लागि प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया