999
Shares
काठमाडौँ । यतिखेर सामाजिक संजालमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग गरेको एक भेटको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
आइतबार साँझ राजधानीको सोल्टी होटलमा गरिएको एक कार्यक्रममा निम्तो मान्न पुगेका पूर्व राजा शाह र नेता सिंह बिच भेट भएको र भेटका क्रममा केही बेर बार्तालाप चलेको थियो ।
निकै सौहार्दपूर्ण रुपमा बार्ता गरिरहेका देखिएका पूर्व राजा शाह र नेता सिंह बिचको तस्बिरलाई लिएर दुई बिच आखिर के त्यस्तो कुराकानी भयो भन्ने चर्चा परीचर्चा चलेको छ ।