२०८३, २२ भाद्र सोमबार
×

ट्रेन्डिङ

हरिबंशको जन्मदिनमा कलाकारहरुले हसाएर पारे मुर्छा (भिडीयो सहित )

1769 Shares
Spread the love

कसैले आफ्नै सामुन्ने आफ्नो जस्ताको तस्तै क्यारिकेचर गर्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । यस्तै अचम्ममा परे वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, आफ्नै सामुन्ने आफ्नै दुरुस्तै क्यारिकेचर गरेको देखेर ।

हरिवंश आचार्यको जन्मदिनको अवसरमा रेडियो अडियोले गरेको विशेष कार्यक्रममा हास्य कलाकार सिताराम कट्टेल र सुबोध गौतमले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संवादमा क्यारिकेचर गरे ।

सुबोध गौतमले गरेको क्यारिकेचरमा उपस्थित सबै कलाकारहरुले पेट मिचिमिचि हाँसेका थिए । उनले हास्य कलाकारका साथै प्रधानमन्त्रीलगायत अन्य विभिन्न राजनितिज्ञहरुको क्यारिकेचर गरेका थिए ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सुबोध गौतमले गरेको क्यारिकेचरको प्रशंसा पनि गरे । उनले हरिवंशको दुरुस्तै क्यारिकेचर गर्ने मान्छे यसअघि पनि देखेको तर आफ्नो जस्ताको तस्तै क्यारिकेचर गर्ने मानिस पहिलो पटक देखेको बताए ।

कसैको आवाज जस्ताको तस्तै क्यारिकेचर गर्नु एउटा कला हो । पछिल्लो समय हास्य कलाकारिता क्षेत्रमा क्यारिकेचर निकै मौलाउँदै गएको छ ।

प्रतिक्रिया