काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र २०८४ विक्री खुला गरेको छ । केन्द्रीय बैंकले उक्त बचतपत्र पाँच वर्षे अवधिको लागि वार्षिक ११ प्रतिशत ब्याज दिने भएको छ ।
लगानीकर्ताले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको जनाएको छ। ब्याजको भुक्तानी ६ र ६ महिनामा हुनेछ।
बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ। राष्ट्र बैंकले जेठ ३१ सम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने असार ८ गते तोकिएको छ।
नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।
