२०८३, २६ श्रावण मंगलवार
×

ट्रेन्डिङ

बिहानै खाली पेटमा के खाने के नखाने? खाना नजाने अल्सर पनि हुन सक्छ

1446 Shares
Spread the love

काठमाडौं। मानिसमा धेरैजसो रोगहरु जीवनशैलीको आधारमा लाग्ने गर्छन् । अझ त्यसमध्ये पनि धेरै रोगहरु हाम्रो खानपिनको बानीमा भएको लापरबाहीले लाग्ने गर्छन् ।

हामी मध्ये धेरैजसोको बानी बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ । तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु राम्रो हुँदैन।

बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ। बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउन पनि सकिन्छ ।

बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ । खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ। त्यसैले बिहान चियासंग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ। त्यो बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिन्छ ।

प्रतिक्रिया