२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

आइसिसी विश्व टी-२० : नेपालको लगातार पाँचौँ जित,चीन पराजित

887 Shares
Spread the love

काठमाडौँ । मलेसियामा जारी आइसिसी विश्व टी-२० एशिया छनोट समूह ‘बी’अन्तर्गत पाँचौँ खेलमा नेपाल लगातार विजयी भएको छ।

टस हारर पहिले ब्याटिङ गरेको चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले १ दशमलव ५ ओभरको खेलमा कुनै विकेट नगुमाइ पुरा गर्यो। नेपालका लागि बिनोद भण्डारीले सर्वाधिक २४ रन बनाए। उनले ८ बलमा ३ चौँका र १ छक्काको मद्दतमा २४ रन बनाए भने प्रदीप ऐरीले ३ बलमा ४ रनको योगदान गरे।

पहिले ब्याटिङ गरेको चीनका लागि ओपनर होङ जियाङ यानले मात्र दोहोरो अंक जोड्न जोड्न सके भने आठ ब्याट्सम्यानले कुनै पनि रन बनाउन सकेनन्।

नेपालका लागि सन्दिप लामिछाने, ललित राजवंशी र बसन्त रेग्मीले ३/३ विकेट लिए। एक जना ब्याट्सम्यान भने रन आउट भए।

यस अघ भएका ४ वटा खेलमा पनि नेपालले लगातार जित हात पारेको थियो। नेपालले यसअघि भुटान, म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरेको थियो।

प्रतिक्रिया