२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

रौतहटबाट पक्राउ परेका सिके राउतसँग सरकारले वार्ता नगर्ने

1687 Shares
Spread the love

काठमाडौँ । असन्तुष्ट समूहसँग वार्ताको तयारीमा रहेको सरकारले सिके राउतसँग भने वार्ता नगर्ने भएको छ।

सरकारी वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले सिके राउतका फरक माग भएकाले सो समूहसँग वार्ता नगरिने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

राउत आइतबार रौतहटबाट पक्राउ परेका छन्। ‘सिके राउतले छुट्टै देश मागेको छ, छुट्टै राष्ट्रिय गान छ, कुनै झन्डा मागेको छ,’ पाण्डेले भने, ‘त्यसैले सिके राउत वार्ता गर्ने समूहभित्र पर्दैन, हामी वार्ता पनि गर्दैनौँ ।’

सरकारी वार्ताटोलीले अहिलेसम्म ४२ समूहको पहिचान गरेको छ । ती समूहसँग कुनै न कुनै संयन्त्रमार्फत कुरा भइरहेको पाण्डेले बताए ।

पाण्डे संयोजकत्वको सरकारी वार्ताटोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी र लीला भण्डारी सदस्य छन् । यस्तै, गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का पनि टोलीमा छन् ।

प्रतिक्रिया