२०८३, ३ भाद्र बुधबार
×

ट्रेन्डिङ

साउदीस्थित नेपाली दूतावासले जारी गर्यो नेपाली कामदारलाई २२ बुँदे सुझाव

1211 Shares
Spread the love

काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले साउदीमा कार्यरत  नेपाली कामदारलाई आइतबार २२ बुँदे जानकारी प्रस्तुत गर्दै सजग भएर काम गर्न सुझाव दिएको छ। सुझावका साथै दूतावासले नेपाली कामदारलाई साउदीमा कार्यरत रहेको अवस्थामा विशेष कुरमा ध्यान पु¥याउन समेत आग्रह गरेको छ।

नेपालीको महान् चाड दशैं नजिकिँदै गर्दा साउदीस्थित नेपाली कामदार कसैले पनि अनैतिक र साउदीको नीति विपरित काम नगर्न र कुनै नेपाली कामदार साउदीको कानुनी व्यवस्थाबारे जानकार नहँुदा सजाएको भागेदारी हुन नपरोस् भन्ने आशयले साउदीमा रहेका नेपालीलाई दूतावासले सूचना नै प्रकाशित गरी जानकारी गराएको छ ।

दूतावासले साउदीमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीलाई  समाजिक सञ्जालको प्रयोग समेत सभ्य र मर्यादापूर्वक तरिकाले  गर्न विशेष अनुरोध गरेको छ।

सामाजिक सञ्जालमार्फत अर्मयादित काम गरेमा ‘एन्टी साइबर क्राइम ल २००७’ बमोजिम प्रत्येक व्यक्तिलाई ५ वर्षको जेल सजाय तथा ३० लाख साउदी रियाल जरिवाना हुनसक्ने भन्दै दूतावासले सतर्कता अपनाउन अनुरोध गरेको हो।

साउदीमा धेरै नेपाली कामदारहरु त्यहाँको कानुन र भाषागत समस्याका कारण कानुनी सजाएको भागिदार हुनुपर्ने अबस्था बढ्दै गएका दूतावासले साउदीमा रहेका नेपाली कामदारलाई विशेष सचेत हुन सूचना जारी गरेको जनाएको छ।

साउदीमा रहेका नेपाली कामदारलाई विभिन्न कानुनी झन्झट वा मुद्दामामिला आइपरेमा सम्बन्धित कम्पनी वा दूतावासमा जानकारी गराउन आग्रह गरेको छ। दूतावासले सवारी चालकको रुपमा कार्यरत नेपाली बढी नै समस्यामा पर्ने गरेको भन्दै उनीहरुलाई विशेष लक्षित गरेर आफूले चलाएको सवारीमा कुनैपनि गैह्रकानुनी व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्न सुझाब दिएको छ।

सवारी चालकका रुपमा साउदीमा कार्यरत धेरै नेपाली कामदारले ब्लडमनी र भारी जरिवाना तथा जेल सजाए समेत भोग्दै आएका कारण सचेत भएर सवारी चलाउन दूतावासले आग्रह गरेको छ ।

रोजगारीका लागि गएका धेरै नेपालीकामदारहरु साउदीको कानूनी कारबाहीमा परिरहेका तथा गैह्रकानुनी काममा संलग्न नेपालीहरुका गतिविधिले देश एवं व्यक्ति स्वयमलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पारिरहेकोले सम्बन्ति सबै नेपाली कामदारहरुका लागि दुतावासले सूचना जारी गरेको जनाएको छ।

प्रतिक्रिया