२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

थाहा पाउनुस् घिउकुमारीका फाइदा (भिडियो रिपोर्ट)

2350 Shares

काठमाडौँ। एलोभेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पति हो, जो सहजै बगैँचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्याहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पतिहो यो ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केही प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुवैका लागि ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि-१, बि-२, बि-६, बि-१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटासियम, क्रोमियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो ।

छालाको सौन्दर्य बढाउन

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।

https://youtu.be/ra9Ri16K-7o

प्रतिक्रिया