२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै पराजित

1183 Shares
Spread the love

काठमाडौं– बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। सिटेल रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो।

ताजिकिस्तानको जितमा २६ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको गोल गरे। त्यस्तै, दोस्रो हाफको ६८ औं मिनेटमा गोल थप्दै ताजिकिस्तानले २–० को जित दर्ता गरायो।

अनन्त तामाङको फउलमा फाथ्खुल्लोले २६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्न सकेन। गोलका लागि थुप्रै प्रयास भएपनि सफल हुन सकेन। उल्टै दोस्रो हाफको अन्तिमतिर ताजिकिस्तानले गोल थप्यो। जसका कारण डिफेण्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै गोलविहीन पराजय भोग्नुप-यो।

प्रतिक्रिया