२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

इन्डोनेशिया: भूकम्प र सुनामीमा मारिनेको सङ्ख्या १३ सयभन्दा बढी

1870 Shares
Spread the love

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङख्या १३ सय ४७ पुगेको अधिकारीहरूले जनाएका छन्।

यो संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरिंदै छ।

मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो।

मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ।

इन्डोनेशियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।

उद्धार

राजधानी जकार्तामा एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनका लागि काम गर्ने सेलिना सुम्बुङ भन्छिन्, “तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितहरूसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ।”

उनका अनुसार त्यस कामको नेतृत्व सेना र सार्वजनिक आवास तथा यातायात मन्त्रालयले गरिरहेको छ।

भूकम्प

उनी भन्छिन्, “अर्को प्राथमिकता भनेको विद्युत् र पिउने पानीको आपूर्ति व्यवस्था गर्नु हो।”

“सँगसँगै सञ्चार सम्पर्क सञ्जाललाई पनि सञ्चालनमा ल्याउनुपर्छ किनकि अहिले सूचना तथा जानकारी हासिल गर्न निकै नै अप्ठ्यारो छ।”

विना

शुक्रवारको भूकम्प र त्यसपछि आएको सुनामीले त्यस क्षेत्रमा ठूलो विनाश गरेको छ।

सहायता दिने देशहरूमा थाईल्यान्ड र अस्ट्रेलिया रहेका छन्।

उद्धारकर्मीहरूले पालु सहरमा भत्केका भवनको भग्नावशेषमा पुरिएका हुनसक्नेहरूको खोजी जारी राखेका छन्।

प्रतिक्रिया