२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १३२ रनको लक्ष्य

1094 Shares
Spread the love

काठमाडौं : एसियन क्रिकेट काउन्सिल(एसीसी)को आयोजनामा  बंगलादेशमा जारी यू–१९ एसिया कपमा नेपालले अहिले अफगानिस्तानको सामना गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई जितका लागि १३२ रनको झिनो लक्ष्य दिएको छ ।  ३८.२ ओभरमा अलआउट हुँदै नेपालले १३१ रन बनाएको छ ।

खराब सुरुवात गरेको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । रसिद खानले ३० र मोहमद आहिफ शेखले २० र रीत गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।नेपालाई न्यून स्कोरमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमारजाइ एक्लैलेले ४ विकेट लिए ।

२१ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि कप्तान मोहमद आशिफ शेख र रोहितकुमार पौडेलले राम्रो साझेदारी गर्दै ७४ रनसम्म पुर्‍याएका थिए । २४.२ ओभरमा आशिफ शेख आउट भएपछि आएका भीम सार्की ५ रन बनाएर आउट भए । त्यसपछि आएका कमसिंह ऐरी पनि शुन्य रनमै पेभिलियन फर्किए । ९ औं नम्बरमा मैदान छिरेका रसिद खानले भने विस्फोटक ब्याटिङ गरे ।

२५ बलमा ५ चौका र १ छक्कासहित ३० रन बनाएर रसिद आउट हुँदा नेपालको स्कोर ११९ रन पुग्यो ।  सागर ढकालसँग साझेदारी गर्दै स्कोर १३१ पुर्‍याउँदा रोहित पौडेल व्यक्तिगत ४६ रनमा आउट भए रोहित आउटभएपछि मैदान छिरेका अन्तिम ब्याट्सम्यान सूर्य तामाङ पहिलो बलको सामना गर्दै आउट भए ।

 

शनिबार पहिलो खेलमा भातरसँग १७१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया