1810
Shares
काठमाडौँ । रोजगारिको सिलसिलामा कुबेतमा रहेकी एक नेपाली महिलाको करेन्ट लागेर मृत्यु भएको छ। मोरङको बेलबारी वडा नम्बर ५ स्थायी घर भएकी ३९ वर्षीया फुलमाया बिकको कुवेतको जिलिवमा करेट लागेर मंगलबार बिहान मृत्यु भएको हो। उनी ७ महिना अघि कुवेत गएकी थिईन्।
अहिले फुलमायाको शव स्थानीय अस्पतालमा राखिएको छ। उनी घटना हुनु दुई दिनअघि आफ्नो मालिकको घरवाट भागेर निस्केको रोजगारदाताको दावी छ। घटना वैधानिक रोजगारादाताको घरवाहिर भएको बताइएको छ। दूतावासले परिवारसँग सम्पर्क गरी शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाएको बताएको छ।.jpg)