4251
Shares
काठमाडौं भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरिरहेको सार्क परराष्ट्रमन्त्रीहरूको बैठक छोडेर बीचमै बाहिरिएकी छिन् ।
बैठकमा भारतीय विदेशमन्त्री स्वराज आफ्नो अभिव्यक्ति नदिइ बाहिर निस्किइन् । बिहिबार न्यूयोर्कमा भएको बैठकमा नेपालका विदेश मन्त्री ज्ञवालीले अध्यक्षता गरेका थिए ।
पाकिस्तानमा आयोजना गरिने भनेको सार्क सम्मेलन हाल हुन नसकेकाले नेपालले अहिले पनि सार्कको अध्यक्षता गरिरहेको छ । पछिल्लो पटक शिखर सम्मेलन आयोजना गर्ने राष्ट्र सार्कको अध्यक्ष हुने प्रचलन रहेको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले स्वराज बैठक बीचमै बाहिरिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनले भने, ‘मेरो उनीसँग कुनै कुराकानी भएन । सकारात्मक रुपमा भन्नुपर्दा उनले बीचमै मिटिङ छोडिन् । उनलाई निको नलागेको हुनसक्छ ।’