मान्मा । एकपछि अर्को बलात्कारको घटना भईरहेको बेला कालिकोटमा अर्को बलात्कारको घटना सार्वजानीक भएको छ ।
असोज ९ गते खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । पिडितले दिएको जाहेरी अनुसार किशोरीमाथि ८ जनाको समुहले बलात्कार गरेका थिए । बलात्कारको आरोप लागेका आठै जनालाई नियन्त्रणमा लिईएको कालिकोट जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा जनाएका छन ।
पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका वडा नं १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक रहेका छन् ।
पिडित किशोरीले केही समय पहिला गाउँमा पसल सन्चालन गरेकी र त्यो समुहका एक पर्व नाम गरेको युवाले पाँचसय रुपैयाँको केही सामान उधारोमा लगेका थिए । त्यो दिन ती किशेरी धिमाल देवताको पैठको मेला हेरेर घर फर्किन्दै थिईन् । सो क्रममा पर्वसहित केही ब्याक्ति बाटोमा थिए र पिडित किशेरीले उधारो फिर्ता मागिन् तर पर्वको समुहले उनीमाथी पैसाको साटो बलात्कार गरेका थिए ।
“मैले पर्वलाई देखेर आफूले लिनु पर्ने पैसा मागेँ । पैठमा मलाई केही किन्ने खर्च छैन । मेरो पैसा दिनुस भनेँ, ‘तर ऊसँगको अर्को साथीले खाइसकेको पैसा दिनु हुन्न भन्यो । त्यसपछि मलाई समातेर ३० मिटर तल खोलामा लगेर पालैपालो बलात्कार गरे । त्यसपछि मलाई केही थाहा छैन्” जाहेरी दिन आएकी पिडितले भनिन् ।
अपराधिको समुहलाई कालिकोट जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी ईन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे स्थानिय जङ्गलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई जिल्ला अदालत कालिकोट बाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।