२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

किन उपस्थित भइनन् साम्राज्ञी ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा ?

1491 Shares

काठमाडौँ । बुधवार राजधानीको ठमेलमा ‘इन्टु मिन्टु लण्डनमा’ टिमले सक्सेस पार्टीको आयोजना गरेको थियो । देशभर प्रदर्शन भइरहेको यस चलचित्र टिमले सक्सेस पार्टीमा केक काटेर पत्रकारहरु विच खुसीयाली साटेको थियो ।

पार्टीमा निर्माता प्रज्ज्वल, निर्देशक रेनाशासँगै अभिनेता द्वय धिरज र सारुक ताम्राकार उपस्थित थिए । तर उक्त कार्यक्रममा मुख्य नायिका साम्राज्ञी भने उपस्थित थिइनन् । साम्राज्ञीलाई कार्यक्रममा नदेख्दा निर्देशक राईमाथि पत्रकारको अनेकन प्रश्न ओहिरिएको थियो । पछिल्लो सामय निर्देशक राई र साम्राज्ञी विच सम्बन्ध बिग्रीएको हल्ला समेत छ । उनले साम्राज्ञी अस्वस्थ रहेको भन्दै उपस्थित नभएको बहाना बनाइन् । साथै उनले सक्सेस पार्टीमा साम्राज्ञीलाई धेरै मिस गरेको समेत बताइन् ।

सक्सेस पाटीसँगै ‘इन्टु मिन्टु लण्डनमा’ टिमले नयाँ चलचित्र ‘आई एम टुवान्टी बन’ अर्थात् ‘म २१ वर्ष’ चलचित्र बनाउने घोषणा समेत गरेको छ । धिरज मगर लिड रोलमा हुने प्रवल सम्भावना रहेको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । थप जानकारी भने टिमले केही दिनमा औपचारिक कार्यक्रम गदै गरी दिने बताए ।

प्रतिक्रिया