२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

बिप्लव समूहको रोल्पा बन्द : वडा कार्यालयहरुमा तालाबन्दी

904 Shares
Spread the love

रोल्पा – बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार रोल्पा बन्दको आह्वान गरेको छ। बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। आफ्नो पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रोल्पा बन्द गरिएको हो। बन्दका कारण बिहानैदेखि जिल्ला भित्रिने र बाहिरीने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्द रहेका छन्। सदरमुकाम लगायत जिल्लाका सबै बजार बन्द छन्।

उता बिप्लव कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिका–४ लगायत जिल्लाका अधिकांश वडा कार्यालयहरुमा समेत तालाबन्दी गरेका छन्। प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले जिल्लाका केहि वडा कार्यालयमा ताला लगाएको जानकारी आएको बताए। वडा अध्यक्ष र प्रहरी संगको समन्वयमा ताला खोल्ने तयारी भइरहेको उनले बताए।

रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काका अनुसार प्रहरी टाढा रहेका वडा कार्यालयहरुमा ताला लगाइएको छ। उता बिप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीका जिल्ला सेक्रेटरी प्रयासलाई प्रहरीले नछोडेसम्म वडा कार्यालयहरुलाई कामकाज गर्न नदिने बताएको छ।

प्रतिक्रिया