२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

हलमा फ्लप युट्युबमा हिट, युट्युबमा सार्वजनिक गरेको केही दिनमै ट्रेन्डिङ १ मा

2121 Shares
Spread the love

काठमाडौँ । ‘जेरी’ गर्ल आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भुमिका रहेको फिल्म ‘ग्याङस्टार ब्लुज’ युट्युबमा रिलिज गरेको केही दिनमै युट्युबको ट्रेन्डिङ १ मा परेको छ ।

असोजको ६ गते मात्रै ओएसआर डिजिटलले आफ्नो युट्युब मार्फत पूरा चलचित्र रिलिज गरेको थियो भने रिलिज गरेको दुइृ दिनमै फिल्म युट्युबको ट्रेन्डिङ १ मा परेको छ । यो रिपोर्ट तयार पार्दासम्ममा यस फिल्मलाई १३ लाख ९३ हजार ४८८ जनाले हेरिसकेका छन् भने २१ हजार जनाले मनपराएको साइन देखाएका छन् ।

चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिसा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, सुवास थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हेमराज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’ को कथा स्वयम् बिसीले लेखेका हुन् । चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ । बनिष शाहले सम्पादन गरेको चलचित्रलाई सरोज न्यौपाने र हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

आशिरमान देशराज जोशी नायक आयुषमान देशराज जोशीको भाइ हुन् । गत वर्षको भदौं २ गतेबाट प्रदर्शनमा आएको चलचित्रको पूरा अंश हेर्नुहोस् ।

प्रतिक्रिया