२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

टिकट बुकिङ भोलिदेखि खुल्ने

694 Shares
Spread the love

काठमाडौ– यातायात व्यवसायीहरुले दसैंका लागि भोलि ९ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्टिय महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि टिकट बुकिङ खोलिएको हो।

महासंघको आज बसेको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको  महासंघका महासचिव सरोज सिटौलाले जानकारी गराए।

यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएकामा पेट्रोलिम पदार्थमा मूल्य वृद्धि भएको भन्दै रोकिएको थियो। सरकारले यातायात भाडा १० प्रतिशत बढाउने निर्णय गरेको थियो। भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेकाले त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने निर्णय गरेका हौ,’ सिटौलाले भने।

महासंघले यस अघि बन्द रहेका यातायात समितिका खाता खुलाउन माग राख्दै आए पनि यस विषयमा सहमति भने जुटेको छैन। ‘ भाडाको विषय संबोधन भयो, खाताको विषयलाई थाति राखेर देशैभर भोलिदेखि क्रमश टिकट बुकिङ खोल्दैछौ,’ उनले भने। सरकारले यातायात क्षेत्रकाे अनुगमनका लागि गठन गरेका संयन्त्रहरूसंग सहकार्य गरेर चाड पर्वकाे यातायात अावागमनलार्इ व्यवस्थित बनाउने उनले बताए।

प्रतिक्रिया