२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न केसीको माग

1250 Shares
Spread the love

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नागरिकता विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानविन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन् । नेता केसीले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दवाव दिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे ।

अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे । राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाई गर्न नहुने अध्यक्ष केसीको भनाई छ । अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दवाव दिने काम गरिरहेको दावी पनि गरे ।

प्रतिक्रिया