२०८३, २७ श्रावण बुधबार
×

ट्रेन्डिङ

एसिड आक्रमणमा परेकी १८ वर्षीया सम्झनाको मृत्यु

1064 Shares
Spread the love

काठमाडौं।  एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। १८ वर्षीया सम्झना दासको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो। सम्झना र उनकी बहिनीलाई गत भदौ २६ गते राति एसिड आक्रमण गरिएको थियो।

सम्झनाको आइतबार राति ११ बजे उपचारका क्रममा निधन भएको हो। बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
एसिड आक्रमण गरेको अभियोगमा प्रहरीले ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ।

पासवानले सम्झनालाई एकतर्फी प्रेम गर्दै आएका र सम्झनाले वेवास्ता गरेपछि उनले एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ। तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो। उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया