२०८०, १३ फाल्गुन आईतवार
×

ट्रेन्डिङ

१० अर्बको हिसाब माग्दै कांग्रेसको प्रदर्शन

1251 Shares

सिन्धुपाल्चोक, जेठ ३० । सिन्धुपाल्चोकमा सरकारले गरेको संस्थागत भ्रष्टाचार विरुद्ध कांग्रेसले प्रदर्शन गरेको छ ।

कांग्रेस क्षेत्र नम्बर १ ले बलेफि गाउँपालिकाको लामोसाँघुमा सरकारले गरेको भ्रष्टाचारका विरुद्ध शुक्रबार नारावाजी गरेका छन् । सरकारले गरेको १० अर्ब खर्चको हिसाब खै भन्दै उनीहरुले बजार परिक्रमा गरेका छन् ।

सेनाले ल्याएको स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार, आरडीटी किट खरिदमा भएको अनियमितता, कोरोना नियन्त्रणका लागि १० अर्ब खर्चको हिसाब माग्दै कांग्रेसले प्रदर्शन गरेको स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।

उनीहरुले आरडीटी किट मार्फत नभइ सबै जनताको पीसीआर प्रविधिमार्फत कोरोना परीक्षण गर्न पनि माग गरेका छन् ।

विषम परिस्थितिमा पनि संघीय, प्रदेश र स्थानीय सरकार  भ्रष्टाचारमा चुर्लुम्म डुबेको र त्यसको विरुद्ध कांग्रेस प्रदर्शनमा उत्रेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

प्रतिक्रिया