२०८३, २३ आश्विन शुक्रबार
×

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि /संक्रमित कुल संख्या ३७५ पुग्यो

1369 Shares

नेपालमा सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।


स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा थप ४७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो ।
यस्तै विराटनगर स्थित प्रयोगशालामा मोरङ जिल्लाका १ जना पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी ४ जनाको रिपोर्ट पोजेटीभ आएको छ ।


यसैबिच झापामा पनि १ जनामा कोरोना पुष्टि भएको छ । यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो। योससँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ५८ जना पुगेको छ ।

प्रतिक्रिया