२०८३, २३ आश्विन शुक्रबार
×

काठमाडौंमा सरसफाई गर्ने ३१ जनामा कोरोनाको एन्टिबडी देखियो

766 Shares

काठमाडौं महानगरपालिकामा सरसफाई गर्ने ३१ जना कर्मचारीमा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

टेकु अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वातावरण व्यबस्थापन बिभाग मातहत कार्यरत ३१ जनामा पोजेटिभ देखिएको हो। त्यसमध्ये १६ जना पुरुष र १५ जना महिला छन्।

सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएकोमा ६ सय ६४ जनको र्यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियो।

परीक्षणपछि उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया