२०८३, २३ आश्विन शुक्रबार
×

युवा नेता तथा समाज सेवी बिमल ठकुरीद्वारा खाद्यान्न सहयोग

2121 Shares

काठमाडौं / नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले काठमाडौंका बिभिन्न क्षेत्रमा वडाको पहल र दाताहरुको सहयोगमा शुरु गरिएको निशुल्क भोजन गराउने अभियानमा खाद्यान्न सहयोग गरेका छन।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बिमल ठकुरीले बताए । सो कार्यमा  गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले समेत सहयोग गरेका थिए ।

बिहान उनले गोकर्णेश्वर नगरपालिकाका वडा ७ स्थित दक्षिण ढोकामा ३ बोरा , गोकर्णेश्वर नगरपालिकाका वडा ४ मकालबारी बसपार्कमा ३ बोरा, का.म.पा बौद्द-६, निराग पार्टी प्यालेश ५ बोरा, कागेश्वरी मनोहरा  नगरपालिका वडा २ अलापोट ३ बोरा १ कटुन तेल र माक्स लगायतको सामग्री हस्तान्तरण गरेका हुन् ।

संविधानसभाका पूर्वसभासद् स्व. चक्रबहादुर ठकुरीको पाँचौं स्मृति दिवसमा एक हाप्ता अगाडि पनि गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ३ /३ बोराको दरले करिब ५० बोरा चामल लगायतको सामग्री  हस्तान्तरण गरेका थिए।  अफ्ट्यारो अवस्थामा गरिएको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको उनले बताए।  उनले बुवा स्व. चक्र बहादुर ठकुरीलाइ स्मरण गर्दै सबैलाई सहयोग गर्नु पर्छ भन्ने भवना बुवामा रहेको त्यसैलाइ आफुले पछ्याउदै आएको पनि बताए ।

सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका  न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यसबाट बास्तविक पिडितहरु लाभान्वित  हुने पनि बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि उनले  बताए।

प्रतिक्रिया