
काठमाडौं- इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ ।
खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।
शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलिरहेको चितासँगै शव भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा शव भेलमा बगेको थियो । उनीहरुले यो खोलामा यस्तो बाढी अहिलेसम्म देखेका थिएनन् ।
केही दिन यता अविरल वर्षा भइरहेका कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भीषण बाढी आएको स्थानीयले बताएका छन् ।
बाढीले शव बगाए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।
हेर्नुस् भिडियोमा
खोलामा जलाउदै गरेको लास, बाढी आई बगाउनु, प्राकृतिक चाहना कि मानवीय लापरवाही? https://t.co/ApnOaGaR52
— Nishchal PS (@IamNishchal) April 27, 2020