२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

राष्ट्रिय समाजसेवी प्राध्यापक डा. जगदीश बैद्य रोटरी क्लव न्युयोर्कद्धारा सम्मान

8508 Shares

न्यूयोर्क, रोटरी क्लव अफ न्यूयोर्क क्विन्सले राष्ट्रिय समाजसेवी प्राध्यापक डा. जगदीश बैद्यलाई उच्च–सम्मानार्थ विशिष्ट सदस्यता प्रदान गरेको छ।

नेपालीहरुको संयुक्त पहलमा सन २०१७ मा स्थापित रोटरी क्लब अफ न्युयोर्क क्विन्स, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ। ‘आफू भन्दा माथि उठेर सेवा गरौं’ (सर्भिस एभोव सेल्फ) भन्ने मूल मन्त्र र आदर्शलाई आत्मसाथ गर्दै स्थापना भएको संस्था हो।

क्लवका प्रेसिडेन्ट नवराज केसीद्वारा हस्ताक्षरित उच्च–सम्मानार्थ विशिष्ट सदस्यता प्रदान गरिएको छ। सदस्यता प्रदान गर्न पाउंदा अत्यन्त गौरब र हौसला मिलेको केसीले बताएका छन्।

प्राध्यापक डा.वैद्य पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष समेत हुनु हुन्छ।

 

प्रतिक्रिया