२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

1452 Shares

काठमाडौं । सोमबार राष्ट्रपतिबाट लालमोहर लगाइएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् भने शुक्रबार खारेज गरेकी हुन् ।

सरकारले राजनितिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् ( काम, कर्तव्य र अधिकार) ऐन २०६६लाई संशोधन अध्यादेश २०७७ यही वैशाख ८ गते राष्ट्रपति समक्ष सिफारीस गरेको थियो ।

एक अध्यादेशमा दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।

सत्तारुढ नेकपा र जनस्तरबाट सरकारको चौतर्फि आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया