२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

झापाका पूर्वप्रअको कोरोनाबाट बेलायतमा निधन

1520 Shares

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट एक जना पूर्व प्रधानाध्यापकको निधन भएको छ ।
झापा घरभई अहिले बेलायतको रेडिङमा बस्दै आएका पूर्व प्रधानाध्यापक हंसराज लिङ्देनको बुधबार रोयल बर्कसायर अस्पतालमा निधन भएको हो ।

उनी तीन साताअघि अस्पताल भर्ना भएका थिए । दुई पटक परीक्षण गर्दा पनि उनमा कोरोना पोजिटिभ देखिएको थिएन तर तेस्रोपटक चेक जाँच गर्दा कोरोना पोजेटिभ पुष्टी भएको उनका नातेदार विजयविक्रम लिङ्देनले जानकारी दिए । उनलाई तीन दिन अघि मात्र कोरोना पोजिटिभ पुष्टी भएको थियो ।

लिङ्देन सुगर र प्रेसरका विरामी थिए । उनलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको थियो । श्रीमती र दुई छोरीका साथ १४ वर्षदेखि रेडिडमा बस्दै आएका लिङ्देन झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए ।

करिब ६५ वर्षीय लिङ्देनका दुई छोराहरु भने बेलायत बाहिर छन् ।

wenepali.com

प्रतिक्रिया