
काठमाडौं , टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोग र नेपाल दलित विद्यार्थी संघ केन्द्रको पहलमा राहत वितरण गरेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न लागु गरिएको लक डाउनका कारण काठमाण्डौंमा विभिन्न ठाउँमा गई अध्ययन गर्न आएका दलित विद्यार्थीहरूलाई र दलित समुदायका विपन्न, अशक्त, असह्य,ज्यालादारी मजदुर थप संकटमा परेको परिवारलाई संघका अध्यक्ष राजु सुनारको संयोजनमा ३ सय घर परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो। राहतमा प्रति परिवार १ बोरा चामल,५ केही दाल, २ लिटर तेल र २ प्याकेट नुन रहेको छ ।
दैनिक विहान र बेलुका खाना खुवाई राखेको जोरपाटी चोकको मजदुर तथा विपन्न वर्गलाई खाना खुवाउने ठाउँमा समेत १० बोरा चामल, ५० केजी दाल, २० लिटर तेल र २० पाकेट नुन सहयोग गरेको छ । त्यस्तै जोरपाटी भेगका दलितहरुलाई समेत जम्मा पारेर तामाङ गुम्बा नजिक र बराल पम्प सुनार टोलमा अत्यावश्यक खाद्यान्न वितरण गरेको थियो।