२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

नेपाल एभेनेजर कलेजद्वारा विपन्न २५ घर परिवारलाई सहयोग

1638 Shares

काठमाडौं, नेपाल एभेनेजर कलेज र गोकर्णेश्वर इसाई समाजको  पहलमा राहत वितरण गरिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग तथा गरिव परिवारलाई दैनिक ज्याला मजदुर गरेर जीविका चलाउने सर्वसाधरणलाई ध्यानमा राखी राहत वितरण गरेको छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे, प्रमुख सल्हाकार दिपक रिसाल , वडा नं ८ का वडा सदस्य तथा समाज सेवी नन्दलाल श्रेष्ठ ,वडा नं ९ का वडा सदस्य सत्य शोभा श्रेष्ठ , समाज सेवी बुद्धिमान तामाङ,  नेपाल एभेनेजर कलेजको पृन्सिपल किरण शर्मा , गोकर्णेश्वर इसाई समाज अध्यक्ष दिपेन्द्र सेन्चुरी , राजेन्द्र घोरासैनी ,लक्ष्मी सेन्चुरी, गोकर्णेश्वर इसाई समाज सचिव कोषध्यक्ष रांगा लोहन , सचिव सुर्य बहादुर राउत लगायतको उपस्थितिमा २५ घर परिवारलाई सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो।

राहतमा २५ केजी चामल , चिउरा , दलमोठ, तेल ,नुन ,मसौर र साबुन, चिनी ,मसला रहेको थियो ।

गोकर्णेश्वर नगरपालिका वाड ८ को शिवपुरी स्थित बुद्ध इन्टरनशानल स्कुलमा सो राहत वितरण गरेको हो।

दाताहरूलाई धन्यबाद दिदै गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख चालिसेले संकटको घडिमा सबै मिलेर अघि बद्नु पर्नेमा जोड दिएका थिए।

 

प्रतिक्रिया