२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

सेनाद्वारा चीनसंग स्वास्थ्य सामग्री ल्याउन सवा २ अर्ब बढीको सम्झौता

1324 Shares

काठमाण्डौं । ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आए पनि नेपाली सेनाले चिनबाटै स्वास्थ्य सामग्री ल्याउने भएको छ ।

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट ९पीपीई० एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ ।

प्रवक्ता पाण्डेले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलरको सम्झौता भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया